+977 81 5400045 sembs2070@gmail.com

Message from the Principal

Shamshergunj English Medium Boarding School (SEMBS) is one of the school established and conducted by a group of energetic personalities. It has made steady progress during the last three years. Our commitment for the quality education has made this school a top in this area.

“Academic Excellence Through Quality Education” is the motto of SEMBS. The way for the execution of this motto is challenging but we accept and welcome every challenge for the betterment in the days to come. We want our students to be perfect not only education sector, but also in sports, character building, developing hidden potentialities. We know that we have to build up the confident on students in every aspects of their life to be able to compete in 21st century. We hope that we will be able to assist our students to accept more challenge and responsibilities for self discipline to contribute in the mission of building new Nepal.

At last SEMBS is always in the dire need of help from our guardian, well-wishers and advisors. Their regular advisors, suggestions will help us in meeting our goal to make this school of higher standard through academic excellence.

Message from Vice Principal

शिक्षा जीवनको ज्योति हो। शिक्षा मानिसको जीवन शैलीलाई परिवर्तन गर्ने शक्तिशाली हतियार हो। शिक्षाले जीवनमा सकारात्मक काम गर्ने महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले जीवनलाई सार्थक वनाउन शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । एउटा शिक्षित व्यक्तिले जीवनमा तथा समाजमा परिवर्तन ल्याउन सक्छ । उक्त व्यक्तिले नै समाजमा रहेका अज्ञानता, कुरीति, विकृति, कुसंस्कार तथा अन्धविश्वासलाई चिर्न प्रभावकारी तथा नेतृत्व दायी भूमिका खेल्न सक्छ । त्यसैले शिक्षा जीवनको, समाजको तथा राष्ट्रको नै ज्योति हो।

हामीले वालवालिकालाई के र कसरी सिकाउने भन्ने कुरा महत्वपूर्ण हुन्छ। वालवालिकाको इच्छा, रुचि, चाहना र क्षमता के छ भन्ने कुराको जानकारी हामी शिक्षक, विद्यालय र अभिभावकले बुझ्न जरुरी छ। विद्यार्थीकोे इच्छा, चाहना, रुचि र क्षमता अनुकुलको शिक्षा उनीहरुलाई प्रदान गर्न सकियो भने उनीहरुको सुन्दर भविष्यको ढोका खुल्दछ । त्यसैले आजको शिक्षा नै आजका वालवालिकाको भविष्य निर्धारण गर्ने तत्व हो। यही कुरालाई बुझेर हामीले हाम्रा वालवालिकालाई वर्तमान युगको चाहना र भविष्यको आवश्यकतालाई पुर्ति गर्ने शिक्षा प्रदान गर्नु  हाम्रो उदेश्य हो।

हाम्रो समाजमा कहि कतै छोरालाई भन्दा छोरीलाई शिक्षा प्राप्त गर्ने अवसर कम प्रदान गर्ने देखिने गरेको पाइन्छ। वास्तवमा छोरालाई शिक्षित वनाउँदा व्यक्ति शिक्षित वन्छ भने छोरीलाई शिक्षित वनाउँदा उसले घर परिवार तथा समाजलाई नै शिक्षित वनाउने गर्छ , त्यसैले यो भेदभावपूर्ण कार्य नगर्न पनि म हाम्रा अभिभावहरुमा हार्दिक अनुरोध गर्दछु। हामीले भोकालाई भोजन भन्दा भोजन वनाउने उपाय तथा तरिका सिकाउनुपर्छ अर्थात भोकालाई खाना दियौँ भने उसको त्यसदिनका भोक मेटिन्छ तर उसलाई खाना वनाउन सिकायौँ भने उसले आफ्नो जीवनबाट सदाको लागि भोक मेटाउँछ। त्यसैले शिक्षाको उचित अवसर नपाई भौतारिएका विद्यार्थी भाइवहिनीलाई उचित अवसर प्रदान गर्नु सम्पूर्ण अभिभावक, हामी र विद्यालयको दायित्व हो।

अन्तमा शिक्षा राष्ट्रको सम्पति हो र अहिलेका विद्यार्थी भाइवहिनी भनेका राष्ट्रका गहना हुन। त्यसैले शिक्षा कस्तो हुनुपर्छ? कसरी सिकाइनु पर्छ? भन्ने कुराको जानका्री सवैमा हुनु जरुरी छ र पढ्न र लेख्न पाउनु सवै वालवालिकाको नैसर्गिक अधिकार हो त्यसैले शिक्षा प्राप्त गर्ने अवसरवाट कसैले पनि आफ्ना वालवालिकालाई वञ्चित नगरौँ।

Get in Touch

Click below to contact us
Contact us
download free themes