+977 81 5400045 sembs2070@gmail.com

About Us

SEMBS यस क्षेत्रमा गुणस्तरीय एवम् अहिलेको समय, युगलाई जान्न बुझ्न सक्ने शिक्षाको आवश्यकतालाई परिपुर्ती गर्न एउटा सक्षम संस्थाको खोजीमा रहेका विद्यार्थी एवम अभिभावकहरुलाई लक्षित गरी स्थापना भएको एउटा विशुद्ध शिक्षण संस्था हो। यहाँको अवस्था, परिवेश र समाजलाई अनुकुल हुने वातावरणको सिर्जना गरी उचित शिक्षा दिनु यस संस्थाको मुल उदेश्य हो। विद्यार्थीको मानसिक, सामाजिक एवम शारीरिक अवस्थाको विकास गरी आफ्ना अधिकार र कर्तव्यको वोध गराउने औपचारिक संस्था वा ठाउँ विद्यालय विद्यालय हो। शिक्षा कुनै पनि व्यक्तिमा रहेको प्रतिभालाई प्रष्फुटन गराएर समाजमा प्रतिविम्वित गराउन सक्ने हुनुपर्छ। वालवालिका भनेका समाज परिवर्तनका संवाहक अनि देश हाँक्ने प्रतिभा हुन्। शिक्षाले हरेक व्यक्तिका हरेक Step मा घटने र घट्न सक्ने घटनाहरुलाई कसरी समाधान गर्ने भन्ने ज्ञान वोध गराउन सक्नुपर्छ। एक्काइसौँ शताव्दीको चुनौतिलाई स्वीकार्न सक्ने हुनुपर्छ शिक्षा भनेको। SEMBS यस क्षेत्रमा पूर्व प्राथमिक देखि उच्च माध्यामिक तहसम्मको शिक्षा दिने उदेश्यका साथ स्थापना भएको हो। एक्काइसौँ शताव्दीका चुनौतिलाई हाँक दिन सक्ने जुझारु प्रतिभाको उत्पादन गर्नु यस स्कुलको उदेश्य हो।

यस विद्यालयमा आफ्नो उच्च शिक्षा हाँसिल गरी शिक्षा क्षेत्रमा नै केही गर्ने उदेश्यले आफ्नो कडा मेहेनत र परिश्रमका साथ आफ्नो सम्पूर्ण समयलाई यही विद्यालयको उन्नति र प्रगति अनि यसमा आवद्ध विद्यार्थी एवम शिक्षकहरु तथा कर्मचारीहरुको भविष्यलाई सुनियोजित रुपमा राम्रो वनाउन हामी कटिबद्ध छौँ। सवै मानसिको लागि समय उत्तिकै महत्वपूर्ण हुन्छ। हामी सबैले समय अनि समयको मागलाई चिन्न सक्नुपर्छ। एक्काइसाै शताब्दीमा आएर शिक्षा तथा स्वास्थ्य मानिसका आधारभूत आवश्यकता हुन , त्यसैले यी कुराबाट कोही पनि बन्चित हुनुहुदैन। हरेक आमा, बुबा तथा अभिभावककालागि आफ्नो सन्तानलाई उचित शिक्षा दिक्षा र उचित संस्कार दिनु प्रमुख दायित्व हो। यस अवस्थामा कतिपय वालवालिका उचित शिक्षा हाँसिल गर्न सक्ने विद्यालयको अभावमा आफ्नो प्रतिभा र क्षमता खेर गईरहेको हुन्छ भने कतिपयले उचित वातावरण एवम संस्कारको अभावमा आफ्नो प्रतिभालाई प्रष्फुटन गर्न पाएका हुँदैनन। त्यसैले यसरी आफ्नो उचित शिक्षा हाँसिल गर्ने चाहना र अभिलासालाई परिवेश सुहाँउदो वातावरणको निर्माण गरी उनीहरुलाई उचित शिक्षा, दिक्षा दिनु यस विद्यालयको उदेश्य हो।

यस विद्यालयमा शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी वनाउन विभिन्न किसिमका क्रियाकलाप गर्ने र गराउने गरिन्छ। विद्यार्थीको चौतर्फी ज्ञानको विकास गराउने उदेश्यले विभिन्न किसिमका अतिरिक्त शारीरिक, बौद्धिक क्रियाकलापहरु पनि गर्ने गरिन्छ। विद्यार्थीको रुची र चाहना अनुसार विभिन्न किसिमका वौद्धिक क्रियाकलाप जस्तै हाजिरी जवाफ, कविता प्रतियोगिता, वादविवाद प्रतियोगिता, निबन्ध लेखन आदि क्रियाकलाप अनि त्यस्तै गरी खेलकुद अन्र्तगत फुटवल, क्रिकेट, चेस जस्ता कार्यहरु पनि समय समयमा विद्यालयले गर्दै आएको छ र आगामी दिनहरुमा अझ व्यवस्थित र प्रभावकारी रुपमा यस्ता कार्यक्रमहरु गर्दै जानेछ । त्यस्तै गरी विभिन्न किसिमका मनोरञ्जनात्मक क्रियाकलाप पनि विद्यालयले गर्दै आएको छ। जस्तै नृत्य तथा गायन जस्ता कार्यक्रमहरु। यस क्षेत्रमा हुने विद्यालय स्तरिय कुनै पनि कार्यक्रममा हामी हाम्रा विद्यार्थी भाइ वहिनीहरुलाई सहभागि गराउने गर्छौ।

यो कम्प्युटर तथा प्रविधिको युग हो। यसै अवस्थालाई मध्यनजर गर्दै उचित रुपमा कम्प्युटर शिक्षाको पनि व्यवस्था छ । प्रयाप्त मात्रामा कम्प्युटर ल्यावको व्यवस्था हुनुका साथै इमेल इन्टरनेटको पनि व्यवस्था भएको छ। त्यस्तै गरी विभिन्न किसिमका श्रव्य दृश्य साम्रागीहरु पनि समय समयमा विद्यार्थीलाई प्रदान गरिदै आएको छ । यस विद्यालयले विद्यार्थीको आवाज जावतको सुविधालाई मध्यनजर गरेर यातायातको उचित व्यवस्था पनि उपलब्ध गराउँदै आएको छ । आफ्ना नानीवबाबुहरुको पढाईमा विशेष ध्यान राख्ने तथा टाढाटाढा तथा घरमा प्रयाप्त समय दिन नसक्ने अभिभावक तथा विद्यार्थीहरुलाई मध्यनजर गर्दै सुलभ तथा स्तरिय छात्रावास (Hostel) को पनि व्यवस्था गरेको छ।

download free themes